सल्यानी नव गायक G.m Ganesh B.c एति ठूलो शहरमा भन्दै प्रवास मलेशिया बाटै साङ्केतिक यात्रा सुरु
सल्यान सुहिकोट ९ मा जन्मिएका Gm Ganesh B.c हाल वैदेशिक रोजगारी को सिलसिलामा मलेसियामा कार्यरत छन, आफ्नो कार्य गर्दै गित संगीतलाई पनि माया गर्दै अहिले आफ्नै यति ठूलो शहरमा एल्बम सिर्जना गरि आफ्नै स्वर दिएर आउदै छन साथमा स्वर दिएकी छिन स्वर कि धनी नव लोकदोहोरी गायिका सुमित्रा तामाङ ले भने एस के म्युजिक प्रा.लि का मार्केटिङ म्यानेजर सर्जक गायक तथा मोडेल प्रकाश थापा ले संगीत दिएको बताउछन्।
प्रवास मा रहेर पनि गीत संगीत लाई माया गर्दै आफूमा भएको प्रतिभालाई बजार सम्म आउने सोच र ईच्छा भएका नव कलाकारहरुलाई सस्तो सुलभ गुणस्तरीय काम गरि देश देखि बिदेश बाट पनि गित संगीत निर्माण गर्दै आएको एस.के म्युजिक प्रा.लि ले यो एल्बम अडियो भिडियो मलेसियामा निर्माण गरि बजारमा ल्याउने मार्केटिङ म्यानेजर प्रकाश थापाले बताएका छन ।
गायक Gm गणेश B.c भन्छन धेरै पहिले देखि नै सोच बोकेको थिय, गित संगीतमा आउन लाई तर आफ्नो आर्थिक अवस्था को कारणले गर्दा गित संगीत मा देखिएको थिएन, मलेसियामा आफ्नो कार्य गर्दै अब गित संगीत मा हिड्छु भन्ने सोच बनाए तर मलेसिया बाट गित रेकर्ड हुन्छ र भिडियो निर्माण हुन्छ भन्ने यथार्थ जानकारी मलाई थिएन। म सोच्दै थिय कुन म्युजिक कम्पनी होला मलेशिया बाट गित रेकर्ड गर्दिने र समन्धित ब्याक्तिको खोजी गर्दै गर्दा फेसबूकहरु मा देखे मलेसिया बाट अडियो भिडियो निर्माणका लागि सम्झिनुहोला भनेर एस.के म्युजिक प्रा.लि ले समन्धित ब्याक्ती को नम्बर सहित पोस्ट गरेको देखे । हतारहतारमा नम्बर मा कल गरेर एस के म्युजिक प्रा.लि का मार्केटिङ म्यानेजर हाल मलेसियामा बसेर गित संगीत निमार्ण गर्दिदै आएका प्रकाश थापा सग कुरा भए पछि महिले गित रेकर्ड पनि गर्ने अबसर पाए र अब यहि मलेसिया देखि नै म्युजिक भिडिओ निर्माण गरि निरन्तर साङ्केतिक यात्रामा लाग्ने बताएका छन।
Comments
Post a Comment